मुम्बई । बलिउडमा पछिल्लो समय निकै व्यस्त नायिका आलिया भट्ट घाइते भएकी छिन् ।
बलिउडमा सुन्दर अभित्रेनीको चिनारी समेत पाएकी आलिया चलचित्र ‘कपूर एन्ड सन्स’को छायांकनको क्रममा मंगलबार घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शुटिङका क्रममा काँधमा चोट लागेर घाइते भएकी उनलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको छ । डाक्टरले अस्पतालमा आलियाले २ हप्ता आराम गर्नुपर्ने बताएका छन् ।
आलिया घाइते भएपछि फिल्मको छायांकन पनि रोकिएको छ । एजेन्सी
















प्रतिक्रिया