६ कार्तिक २०८३, शुक्रबार

एसएलसीमा कञ्चनपुरको जेबी एकेडेमीले ल्यायो शत प्रतिशत नतिजा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slcमहेन्द्रनगर, ५ असार । कञ्चनपुरकै नमुना विद्यालय जेबी एकेडेमी बोर्डिङ स्कुलले यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)मा शत प्रतिशत नतिजा ल्याएको छ ।

कञ्चनपुरको कृष्णपुर-२ वाणीमा २०६५ सालमा स्थापना भएको स्कुलले सहभागिता जनाएको पहिलो वर्षमै शत प्रतिशत नतिजा ल्याउन सफल भएको हो ।

स्कुलले विस २०७१ सालमा पहिलो पटक एसएलसीमा सहभागिता जनाएको हो । जेबी एकेडेमीका प्रिन्सिपल तथा संस्थापक जगदिश सेट्टीका अनुसार स्कुलबाट ९ जना विद्यार्थी सहभागि भएको एसएलसी परीक्षामा ९ जना नै प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् ।

उहाँले भन्नुभयो-‘छोटो समयमै पाएको सफलताले हामीलाई थप हौसला र उर्जा प्रदान गरेको छ । आमागी दिनमा अझै राम्रो अंक सहितको नतिजा ल्याउने प्रयास गर्नैछौं ।’ यस वर्ष कञ्चनपुरमा एसएलसीको नतिजा खस्किए पनि जेबीले शत प्रतिशत नतिजा ल्याएको प्रिन्सिपल सेट्टीले जानकारी दिनुभयो ।

सम्पूर्ण विद्यालय परिवारको सहयोगमा एसएलसीमा शत प्रतिशत नतिजा ल्याउन सफल भएको भन्दै उहाँले धन्यवाद समेत ज्ञापन गर्नुभयो ।