रौतहट, ५ असार । रौतहटको हजमिनिया गाविसमा विषालु सर्पको डसाइबाट आज एक बालिकाको मृत्यु भएको छ ।
विषालु सर्पले डसेर स्थानीय हजमिनिया गाविस–६ बस्ने अब्दुल रहिमकी ६ वर्षीया छोरी आइसाको मृत्यु भएको हो ।
बिहान ५ बजे घर बाहिर शौच गर्न लाग्दा सर्पले डसेपछि उपचारका लागि गौर अस्पताल लैजाने क्रममा ती बालिकाको मृत्यु भएको हो ।
मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । रासस















प्रतिक्रिया