काठमाडौं, ५ असार । काठमाडौंमा मरेका कुखुरा विक्री हुने गरेको खुलासा भएको छ ।
काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित टिनको टहरामा रहेको भारत बेतिया घर भएका नन्दकिशोर गुप्ताको वेलकम कोल्ड स्टोरबाट १ सय ३० वटा मरेका कुखुरासहित गुप्तालाई शनिबार महानगरीय प्रहरी बृत्त बालाजुले पक्राउ गरेपछि स्वास्थ्यका लागि हानिकारक मरेका कुखुरा बेच्ने गरेको खुलासा भएको हो ।
विगत ७ वर्षदेखि संचालनमा रहेको उक्त कोल्डस्टोरमा मरेका कुखुरा विक्री वितरण भइरहेको भन्ने जानकारी प्राप्त भएपछि खटि गएको प्रहरीले प्वाँखसहितको मरेका कुखुरा ५७ र प्वाँख फाली तयार गरेको मरेका कुखुरा ७३ वटा गरी जम्मा १ सय ३० वटा कुखुरा बरामद गरी गुप्तालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
















प्रतिक्रिया