उर्लाबारी, ५ असार । शुक्रबार दिउँसो सार्वजनिक एसएलसी परीक्षाको नतिजा अनुसार पूर्वी मोरङमा इटहरामा रहेको राष्ट्रनिर्माण सेकेण्डरी बोर्डिङ स्कुलले सबैभन्दा धेरै विशिष्ट श्रेणी ल्याएको छ ।
उर्लाबारी क्षेत्रमा रहेको ठुला भनिएका निजी बिद्यालयलाई समेत पछार्दै ग्रामिण क्षेत्र इटहरा १ सोमबारेमा रहेको राष्ट्रनिर्माण विशिष्ट श्रेणीमा उत्कृष्ट अंकसहित शतप्रतिशत बिद्यार्थी उत्तीर्ण गराएको हो ।
राष्ट्रनिर्माणबाट परीक्षामा सहभागी २७ जना बिद्यार्थी मध्ये ८ जान बिशिष्ट श्रेणी र अरु १९ जना सबै प्रथम श्रेणीमा उत्तीर्ण भएको बिद्यालयका प्रिन्सिपल बिश्वास ढकालले जानकारी दिनुभयो ।
ढकालले पूर्वी मोरङमा आफ्नो बिद्यालयको विशिष्ट श्रेणी सबैभन्दा धेरे रहेको दाबी गर्नुभयो । राष्ट्रनिर्माणबाट गत वर्षहरुमा पनि बिशिष्ट श्रेणी सहित शतप्रतिशत बिद्यार्थी उतिर्ण भएका थिए ।
दाम्रभिट्टा इङलिसको पनि उत्कृष्ट नतिजा
इटहरा ६ मा रहेको दाम्राभिट्टा इङलिस स्कुल ( युनिभर्सल एकेडेमीले ) २०७१ सालको एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । दाम्रभिट्टाबाट एसएलसी परीक्षामा सहभागी १३ जना बिद्यार्थी मध्ये ५ जना विशिष्ट श्रेणी र बाँकी ८ जना सबै प्रथम श्रेणीमा उतिर्ण भएको बिद्यालयका प्रिन्सिपल अनिश लुईटेलले जानकारी दिनुभयो ।
दाम्राभिट्टाबाट गौरब भट्ट (८३.३७ प्रतिशत ), ज्योती कोईराला (८३.२५ प्रतिशत), कुशल कट्टेल (८१.६२ प्रतिशत), सुमन सेरेङ (८१.२५ प्रतिशत) र विपना तामाङ (८०.३७ प्रतिशत)ले उत्कृष्ट अंक ल्याएका छन् ।
यस्तै इटहरा ४ मा रहेको अन्नपुर्ण इङलिस स्कुलबाट पनि बिशिष्ट श्रेणीसहित शतप्रतिशत बिद्यार्थी उतिर्ण भएका छन् । अन्नपुर्णबाट परीक्षामा सहभागी २८ जना बिद्यार्थी मध्ये ३ जना बिशिष्ट श्रेणी र अरु २५ जना सबै प्रथम श्रेणीमा उतिर्ण भएको प्रिन्सिपल थिरनाथ दाहालले जानकारी दिनुभयो ।
















प्रतिक्रिया