६ कार्तिक २०८३, शुक्रबार

राजनीतिक सङ्क्रमण अन्त्यका लागि जनमत सङ्ग्रह उत्तम विकल्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

keshar-bahadur-bistaकाठमाडौँ, ५ असार । राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्टले संविधानका प्रमुख मुद्दाहरुमा निर्णय गर्न र नेपालको जारी राजनीतिक सङ्क्रमण अन्त्यका लागि जनमत सङ्ग्रह उत्तम विकल्प भएको बताउनुभएको छ ।

राप्रपा नेपालको यातायात विभागद्वारा आज यहाँ आयोजित यातायात सङ्गठन विस्तार एवम् स्वागत कार्यक्रममा उहाँले आठ वर्षसम्म बन्न नसकेको संविधान यतिखेर जनताले नै नबुझ्ने किसिमबाट फास्ट ट्र्याकबाट जारी गर्ने खेलमा चार राजनीतिक दल लागेको र यस खेललाई सर्वोच्च अदालतको आदेशले रोकिदिएको उल्लेख गर्नु भयो ।

पार्टीद्वारा गठित यातायात विभाग यस क्षेत्रबाट सर्वसाधारणले पाउने सेवा सुविधाको प्रभावकारिता र समग्र विकासका लागि क्रियाशील हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

पार्टीका यातायात विभाग प्रमुख देवेन्द्र प्रधानले देशमा यातायात सेवाको प्रभावकारिता र विकासका लागि विभागले सक्रियताका साथ काम गर्ने जानकारी गराउनुभयो ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष टङ्क ढकाल, नेताहरु राजाराम श्रेष्ठ, तारा लुइँटेललगायतले पार्टीको यातायात विभागले समग्र यातायात क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस