६ कार्तिक २०८३, शुक्रबार

छोरासरह छोरीलाई अंशबन्डा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालीकोट, ५ असार । छोरासरह छोरीलाई समान ठानेर रुप्सा गाविसका एक बासिन्दाले छोराछोरीलाई बराबर अंशबन्डा गरेका छन् ।

रुप्सा–३ खलापाटा निवासी सर्जन सहकारीले तीन छोरा र एक छोरीलाई समान अंश प्रदान गर्नुभएको हो । तीन दाजुभाइकी एक मात्र बहिनी अविसराका नाममा पहिलो पटक जग्गा दिइएको छ ।

चार छोरामध्ये ज्येष्ठ पुत्र हर्कबहादुरको सशस्त्र द्वन्द्वमा सहभागी भएका बेला मृत्यु भएको थियो ।

सर्जनका अनुसार सबै छोरा र परिवारको सल्लाहअनुसार छोरीलाई अंशबन्डा गरिएको हो । यसअघि जिल्लामा छोरा नभएको अवस्थामा मात्र छोरीलाई जग्गा जमिन दिने गरिएको थियो ।

उहाँ रुप्साका मात्र नभई जिल्लाको पहिलो छोरासरह छोरीलाई समान अंश दिने व्यक्ति रहेको बताइएको छ । बिहीबार जिल्ला मालपोत कार्यालय कालीकोटमा जग्गाको कित्ता नं दुई सय ५१ वर्गमि जग्गा उनका नाममा नामसारी गरिएको हो । रासस