पथरी (मोरङ), ५ असार । जिल्लामा नेकपा(एमाले)का नेता घनश्याम खतिवडाको अध्यक्षतामा मदन भण्डारी फाउन्डेसनको समिति गठन गरिएको हो ।
समितिका उपाध्यक्षमा पूर्वजिविस सभापति खड्ग बस्नेत, सचिवमा एमालेका पूर्वउपाध्यक्ष डिपी राई र कोषाध्यक्षमा युवा व्यवसायी गिरेन्द्र कार्की रहनुभएको छ । समितिका सदस्यमा देवेन्द्र पौडेल, व्रतलाल राजवंशी, खेम पौडेल, पार्थबहादुर बुढाथोकी, नन्दराज गिरी, डिल्ली दाहाल, शुकदेव यादव, राजकुमार विश्वास, दीपक कर्ण, विष्णु सिग्देल, भरत मगर, ध्यानचन्द चौधरी, नवराज विष्ट, टेकबहादुर लिम्बू, उमेश बस्तीलगायत हुनुहुन्छ ।
फाउन्डेसन कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेता गुरुप्रसाद बराल, सुमन प्याकु¥याल, राजेन्द्र गौतम, चिन्तन पाठकलगायतले पार्टीभित्र देखिएका विकृति र विसङ्गतिलाई खबरदारी गर्दै जनताको बहुदलीय जनवादको रक्षार्थ समिति क्रियाशील हुनुपर्ने बताउनुभयो । रासस,















प्रतिक्रिया