६ कार्तिक २०८३, शुक्रबार

प्रेमको नाटक गरी युवतीलाई फकाएर होटल पुर्‍याउँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । मकवानपुरकी रीतु तामाङ कक्षा ७ मा पढ्दापढदै परिवारको अनुमतिबिना साथीहरुको लहैलहैमा लागेर काठमाडौँ आइन् । यहाँ आएपछि साथीमार्फत काठमाडौँको दक्षिणढोकास्थित एक गलैँचा कारखानामा काम गर्न थालिन् ।

काम गर्दै जाने क्रममा उनको भेट सिन्धुपाल्चोक महाँकाल-३ का कुमार तामाङसँग भयो । एक दुई भेटमै उनीहरुबीच माया प्रेम बस्यो, तर त्यो प्रेम लामो समय टिक्न सकेन ।

रीतुसँग प्रेमको नाटक र उनको अर्की एकजना साथीसँग बहिनीको सम्बन्ध बनाई तामाङले उनीहरुलाई बेच्न लाने क्रममा तामाङसहित युवती नेपालगन्जबाट पक्राउ परेपछि सो घटनाको पर्दाफास भएको हो ।

पहिलको घटना सम्झदै रीतुले भनिन् ‘एक दिन अचानक मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो । पहिले त उठाइन् । तर बारम्बार फोन आएपछि उठाइँ । कुराकानी हुँदै गएपछि माया बस्यो ।’

‘तामाङको प्रेमको नाटक गरी दुई युवतीलाई सीमा कटाउने योजना पर्दाफास भएको छ’ माइती नेपालका निर्देशक विश्वराम खड्काले भने, ‘तामाङ अहिले बाँके प्रहरीको हिरासतमा छन्, भने युवती हाम्रो संरक्षणमा छन् ।’

यता काम गाह्रो छ, उतै गएर विवाह गरौँ म राम्रो काम पनि लगाइदिउँला भन्दै  नेपालगन्ज पुर्‍यायो, कहाँ बस्ने कोठा खोइ भन्दा अझै चारपाँच घण्टा जानुपर्छ” तामाङको भनाइ उद्धृत गर्दै रीतुले भनिन् ‘सिमाना काट्ने बेलामा प्रहरी र माइती नेपालको टोलीले समात्यो । अनि सबै कुरा थाहा भयो ।’ रासस