६ कार्तिक २०८३, शुक्रबार

घरबार बिहिनलाई टहरा बनाउँदै एमाले स्वयसेवकहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemale– दुर्गाप्रसाद शर्मा
पर्वत, ५ असार । माइतीको सहारामा बस्दै आएकी ३५ बर्षिया डिलमाया सार्की यतिबेला घरबार बिहीन भएकी छन् । बैशाख १२ गतेको भूकम्प र २९ गतेको भूकम्पले माइतीले बनाइदिएको घर भत्केपछि अहिले सडकमा पुगेकी कुस्मा नगरपालिका –८ पुरानोबजारकी नेपालीलाई एमालेका स्वयसेवकहरुले घर बनाइएका छन ।

आफू अपाङ्ग भएका कारण बिहे नगरी माइतीमै बस्दै आएकी डिलमायाले भनिन –‘अब घर कसले बनाईदिन्छ भन्नेमा चिन्तामा थिए, एमालेका स्वयसेवकरु देउता बनेर आए’ ५५ बर्षिया आमालाई पनि साथमै राख्दै आएकी नेपालीले कुखुरा चल्ला पालेर जीबिकोपार्जन गर्दै आएकी थिइन । ‘मेरो आफ्नो भन्ने यही माइतीले दिएको घर थियो, त्यो पनि ढल्यो’ उनले भनिन ‘अब टहरो भएपनि बनाएपछि ज्याला मजदुरी गरेरै भएपनि आमालाई पनि पालनपोषण गर्छु’

डिलमायाको घरको भग्नाबशेष हटाउनका लागि एमालेका पोलिटब्युरो सदस्य गणेशप्रसाद तिमिल्सीनाको नेतृत्वमा पुर्ब केन्द्रिय सदस्य तथा सभासद कल्पना चापागाँई सहितका नेता कार्यकर्ताहरु साथै युवासंघ पर्वतका कार्यकर्ताहरु दिनभर चर्को घाममा खटिएका थिए । एमालेको स्वयसेवी अभियानलाई स्थानीयबासीले पनि साथ दिएका थिए ।

डिलमाया नेपालीको मात्रै होइन नेकपा(एमाले) पर्वतको स्वयंसेवक अभियानका क्रममा कुस्माबजारकै बसन्ती परियार, उमा परियार, मैना परियार, यामबहादुर दमाईको घरको भग्नाबषेश हटाउने तथा अस्थायी टहरा बनाउने काम एमालेका स्वयसेवकले गरेका छन् ।

भूकम्पले भत्काएका जनताका घरहरु भत्काउने, काठ, पात र ढुंगा जम्मा गरिदिने तथा अस्थायी टहरा बनाउने काम भएको नेकपा(एमाले)का जिल्ला सदस्य शिबलाल सार्कींले बताए । एकल महिला, अशक्त र बृद्धहरुका भत्केका घर बनाउने काम गरिएको उनको भनाई छ । ‘आफ्नो भन्ने कोही नभएका पीडितहरुको साथी बन्ने काम एमालेका स्वयसेवकले गरेका छन’ उनले भने ।

कुस्माबजारमा मात्रै होइन एमालेका स्वयसेवकहरुले क्षेत्र नं १ र २ का गाउँगाउँमा भत्केका बिद्यालयमा टहरा बनाउने र सर्वसाधरणका घरमा छाप्रो बनाउने काम गरिरहेका छन । नेकपा(एमाले)ले पर्वतको क्षेत्र नं १ मा मात्रै बिद्यालय र निजी घर गरि २० वटा टहरा निर्माण गरेको अभियानका क्षेत्र नं १ का संयोजक एमाले पर्वतका उपाध्यक्ष भक्त कुवँरले जानकारी दिए । ‘भूकम्पबाट भत्केका बिद्यालयमा टहरा बनाउने र जनताका घरमा भग्नाबशेष हटाउने काम भएका छन’ उनले भने ।

एमालेको अभियानका क्रममा क्षेत्र नं २ मा ठानामौला गाबिसमा एक जना एकल महिलाको घर बनाउने काममा शुक्रबार एमालेका एक सय कार्यकर्ताहरु शुक्रबार दिनभर खटिएका थिए । ठानामौला – १ नेपानेकी देबी पौडेलको घर बनाउका लागि एमालेका कार्यकर्ताले श्रमदान गरेका थिए । भूकम्पले भत्काएको घर बनाउने तथा जंगलबाट काठपात ओसार्ने कामा एमालेका कार्यकर्ता खटिएको देखेपछि पौडेलले भनिन ‘जनताको दुःखमा साथ दिने पार्टी एमाले नै रहेछ ।’

नेकपा(एमाले) क्षेत्र नं २ का कमाण्डर जिल्ला सचिब पदमपाणी पौडेलले एमाले नै जनताको सच्चा सेवक भएको बताए । बिपतका बेला नै जनताको पार्टी कुन हो भनेर छुट्याउनुपर्ने उनले आग्रह गरे । पौडेलको घरमा भएको श्रमशिबीरमा एमालेका क्षेत्रिय अध्यक्ष भक्तराज सुबेदी, जिल्ला सदस्यहरु मनबहादुर कुवँर र शान्तबहादुर नेपाली तथा ठानामौला गाउँ कमिटीका अध्यक्ष केशबहादुर घलेले पनि मन्तब्य ब्यक्त गरेका थिए । क्षेत्र नं २ मा एमालेले क्षेत्र नं २ मा चार वटा बिद्यालयमा टहरा बनाउने तथा २७ वटा जनताका घरमा अस्थायी टहरा बनेका छन ।

एमालेको स्वयसेवक अभियान अन्र्तगत असार ४, ५ र ६ मा बिशेष अभियानका क्रममा एमालेका सबै कार्यकर्ताहरु जनताको घरमा पुगेको एमाले पोटिलब्युरो सदस्य गणेशप्रसाद तिमिल्सीनाले बताए । अभियानका क्रममा बाँकी रहेका स्थानमा समेत पार्टीका कार्यकर्ता परिचालन हुने उनको भनाई छ ।