बागलुङ ५ असार । नेपाली काँग्रेसका युवा नेता तथा सभासद् गगनकुमार थापाले बागलुङका भूकम्प प्रभावित १४ सामुदायिक विद्यालयमा भौतिक संरचना निर्माणका लागि जस्तापाता सहयोग गर्नुभएको छ ।
सभासद् थापाले यस अगाडि नै १०० विद्यालयमा अस्थायी टहरा निर्माण गर्ने अभियान घोषणा गर्नुभएको थियो । थापाले फिल्टर र सोलार प्यानलसमेत प्रदान गरेको नेपाली काँग्रेस बागलुङका कावा सभापति जगदीशचन्द्र उपाध्यायले बताउनुभयो । रासस















प्रतिक्रिया