१८ कार्तिक २०८३, बुधबार

भूकम्प प्रतिरोधी आवासका लागि कडा नीति बनाउनुपर्छ : राणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-Ranaकाठमाडौं, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाले भूकम्प प्रतिरोधी आवासका लागि सरकारले नीति बनाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

भक्तपुरको महामञ्जुश्री–नगरकोट नगरपालिकास्थित सुडालमा आयोजित सरसफाई तथा राहत वितरण कार्यक्रममा बोल्दै अध्यक्ष राणाले व्यबस्थित र सुरक्षित घर निर्माणका लागि सर्वसाधारण आफै पनि चनाखो हुनुपर्ने बताए ।

उनले भूकम्पको अत्यधिक जोखिममा रहेको जापानले गरेको व्यबस्थित आवास निर्माण र नीतिबाट पाठ सिकेर नेपाल पनि सुरक्षित पुर्ननिर्माण तर्फ अग्रसर बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्रपाका महामन्त्री बुद्धीमान तामाङ्गले भूकम्पका कारण राष्ट्र र जनताले व्यहोनुपरेको क्षतिलाई सिकाईको रुपमा ग्रहण गरि भविश्यको बाटो निर्धारण गर्नुपर्ने बताए ।

राप्रपा भक्तपुर जिल्ला अध्यक्ष शुरेन्द्रप्रताप शाहको नेतृत्वमा राप्रपा नेपालस“गको कार्यगत एकतामा आयोजित सरसफाई कार्यक्रममा पार्टीका केन्द्रिय सहमहामन्त्री भुवन पाठक, केन्द्रिय सदस्य रविन्द्र प्रताप शाह, राप्रपा नेपालका सभासद् दिनेश श्रेष्ठलगायत एक दर्जन भन्दा बढि केन्द्रिय सदस्यहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा १ सय ३५ परिवारलाई कम्बल तथा खाद्य सामग्री वितरण समेत गरिएको थियो ।