– सुदीप अधिकारी
बर्दिया, ५ असार । विगत वर्षको तुलनामा बर्दियाको एसएलसी नतिजा यस वर्ष भने फेरी ह्वात्तै घटेको छ ।
शिक्षा कार्यालयको प्ररम्भिक विवरण अनुसार यस वर्ष ७५ प्रतिशत भन्दा बढी विद्यार्थी एसएलसी परीक्षामा फेल भएका छन् । प्रारम्भिक विवरण अनुसरा बर्दियाबाट करिव २३ प्रतिशत मात्र विद्यार्थी पास भएको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले जानकारी दिए । गतवर्ष बर्दियाको उत्तीर्ण प्रतिशत २९ थियो । गत वर्षको तुलनामा यो ६ प्रतिशतले कम हो ।
शुक्रबार दिउँसै नतिजा प्रकाशन भएपनि जिल्ला शिक्षा कार्यालयले शुक्रबार साझ अबेर सम्म एसएलसीको जिल्लागत पुरा विवरण तयार पारेको थिएन । जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले आफु जिल्ला बाहिर भएकाले पूरा विवरण तयार पार्न ढिलाई भएको बताए । ‘ विवरण तयार पार्दै छौ, अहिलेसम्म मोटामोटी २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको देखिएको छ । यो गत वर्ष भन्दा कम हो, ’शिक्षा अधिकारी शाहले भने ।
यस वर्षको एसएलसी परीक्षामा बर्दियाबाट १० हजार २ सय २३ परीक्षार्थी सहभागी भएका थिए । एसएलसी परीक्षामा नियमित समूहबाट ७ हजार ६ जना र एक्जाम्टेड समूहबाट ३ हजार २ सय १७ जनाले परीक्षा दिएका थिए ।















प्रतिक्रिया