१८ कार्तिक २०८३, बुधबार

काठमाडौंका डान्सबार र मसाज सेन्टरमा काम गर्ने महिलाले पैसा नपाउँदा…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dance-bar-thamelकाठमाडौँ, ५ असार । काठमाडौं उपत्यकामा ग्राहकलाई मनोरञ्जन दिने महिलाले पैसा नै नपाउने गरेको पाइएको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका अनुसार काठमाडौंका अधिकांश डान्सबार र मसाज सेन्टर महिलालाई तलबै नदिएर शोषण गरी ग्राहकलाई मनोरञ्जन दिने गरेको भएको हो ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले मनोरञ्जन दिने महिला तथा पुरुषलाई सरकारले न्यूनतम ज्याला आठ हजार २०० तोके पनि मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाले दुई हजार ५०० देखि ६ हजार मात्र पाउँदै आएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो-‘सरकारले ज्याला देउ भनेर पैसा तोकिदिएको छ, तर महिलाहरुले त्यो पैसा पाएका छैनन् । केही ठाउँमा महिलाले एक रुपैयाँ पनि नपाएको सुनिएको छ । श्रम तथा रोजगार मन्त्रालयले समान ज्यालाजस्ता विषयमा सम्बोधन नगरेसम्म हाम्रो मन्त्रालयले केही गर्न सक्दैन ।’

नेपालमा कार्यस्थलमा हुने यौनजन्य हिंसा निवारण ऐन २०७१, अन्तरिम संविधान २०६३ को मौलिक हकमा श्रमसम्बन्धी हकको व्यवस्था, श्रम ऐन २०४८ दफा २१, ट्रेड युनियन ऐन २०४९ लगायतमा श्रमिकका बारेमा उल्लेख भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा उनीहरुका समस्या सम्बोधन हुन सकेको छैन ।

काठमाडौंका डान्सबार मसाज सेन्टर लगायत मनोरञ्जन क्षेत्रमा कार्यरत महिलालाई समान ज्यालाको माग गर्दै १८ बुँदे काठमाडौँ घोषणापत्र समेत जारी गरिएको छ ।

महिला पुनः स्थापना केन्द्र(ओरेक) र महिलाका लागि महिला मञ्चद्वारा आयोजित ‘जीवन धान्नका लागि ज्याला(निर्वाहमुखी ज्याला) विद्यमान कानुनी व्यवस्था र चुनौती’ विषयको कार्यक्रममा यस क्षेत्रका महिलालाई नियुक्तिपत्र दिएर परा तलब दिनुपर्ने माग गरिएको छ ।