१७ कार्तिक २०८३, मंगलबार

एसएलसीमा फेल भएपछि लक्ष्मीले गरिन् आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Laxmi-khadka
फाइल तस्वीर

विराटनगर, ४ असार । एसएलसी परिक्षामा फेल भएपछि मोरङमा एक किशोरीले आत्महत्या गरेकी छिन् ।

फेल भएपछि निराश बनेकी मोरङ उर्लाबारीकी–७ की १७ वर्षीया लक्ष्मी खड्काले शुक्रबार साँझ घरमै झुन्डिएर आत्महत्या गरेको अस्थायी प्रहरी चौकी उर्लाबारीेले जनाएको छ ।

पढाइमा तेजिली खड्का विज्ञान विषयमा फेल भएकी थिइन् । उनले सुनपकुवा उच्च माविबाट एसएलसी दिएकी थिइन् ।

उनका बाबु भक्तबहादुर खड्काले गतबर्ष झुण्डिएर नै आत्महत्या गरेका थिए । आमा गोमा खड्का वैदेशिक रोजगारीमा छन् । हजुरआमासँग बसेर पढ्दै आएकी लक्ष्मी राम्रो नम्बरमा पास हुनेमा ढुक्क थिइन् ।

लक्ष्मीको शव पोष्टमार्टमका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । उनको मृत्युपछि उर्लाबारी क्षेत्रमा निराशा छाएको छ ।