काठमाडौं, ४ असार । नेपालमा शुक्रबार फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखा केन्द्रविन्दु शुक्रबार दिउँसो गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको हो । नेपालमा शुक्रबारबाटै मनसुन पनि सुरु भएको छ ।
मनसुनको सुरुवातसँगै देशभरी वर्षा भइरहेका बेला शुक्रबार दिउँसो गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४ रेक्टर स्केलको हो । यो भूकम्प आज दिउँसो १ बजेर ५० मिनेटमा कम्पन भएको केन्द्रले जनाएको छ ।
यसअघि विहीबार विहान धादिङ केन्द्रविन्दु गएको भूकम्पको धक्का महसुस गरिएको थियो ।














प्रतिक्रिया