६ कार्तिक २०८३, शुक्रबार

मगन्ते प्रवृत्ति त्यागौँ : नेता भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattaraiगोरखाबजार, ४ असार । पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा(माओवादी) का बरिष्ठ नेता डा बाबुराम भट्टराईले मगन्ते प्रवृत्ति त्यागेर नियमित कामतर्फ फर्कन भूकम्पपीडितलाई आग्रह गर्नुभएको छ ।

राहत सामग्री लिन भूकम्पपीडितले लुछाचुँडी गरेको प्रसङ्ग उठाउँदै भट्टराईले भन्नुभयो, “मगन्ते प्रवृत्ति विकास नगर्न आग्रह गर्छु ।”

गोरखाको मुच्चोक गाविसस्थित चर्तुमाला उच्च माध्यामिक विद्यालयमा आज पुग्नुभएका भट्टराईले शिक्षक, विद्यार्थी, भूकम्पपीडित स्थानीयबासीलाई राहतको आश गर्नुभन्दा आफ्नो नियमित काममा फर्कदा दीर्घकालीन रुपमा फाइदा पुग्ने बताउनुभयो ।

साथै भट्टराईले सुरक्षित स्थानमा बस्न स्थानीयबासीलाई आग्रह गर्नुभएको छ । भूकम्प प्रतिरोधात्मक टहरामा बस्न आग्रह गर्दै उहाँले वर्षापछि स्थायी संरचना निर्माणको काम सुरु हुने जानकारी गराउनुभएको छ । प्राविधिक टोलीले अध्ययन गरेपछि बस्न योग्य भनेको ठाउँमा मात्रै बस्ती बसाल्नुपर्नेमा भट्टराईले जोड दिनुभयो ।

भूकम्पपीडित मुच्चोक, सौरपानी, स्वाँराबासीले नेता भट्टराईसमक्ष प्राविधिक टोलीलाई गाउँ पठाउन आग्रह गरेका थिए । भट्टराईले स्वाँराको स्थानीय विभिन्न विद्यालयलाई टेन्ट वितरण गर्नुभयो । रासस