मुम्बई । के तपाईलाई हेज़ल कीच नामकी हिरोइनलाई चिन्नुहुन्छ ? हेजल कीचले सलमान खानको फिल्म बडीगार्डमा करिना कपूरको साथी/सौताको भुमिका निभाएकी थिईन् ।
हेजल एक पटक फेरि चर्चामा आएकी छिन् । लण्डनमा जन्मिएकी २७ वर्षीय हेजल केही समय पहिला क्रिकेटर युवराज सिंहको डेटमा रमाइरहेकी थिईन् ।
एक अंग्रेज़ी वेबसाइटको खबर अनुसार युवराज र हेजलको भेट केही महिना पहिले भएको थियो । तर, अहिले यी दुबै जना छुट्टिएका छन् ।
हेजललाई बिग बोस सीजन ७ मा पनि देखाइएको थियो । तर, यो कुरा अलग हो किनकि उनी पहलो हप्तामै दर्शकको भोटिङको आधार शो बाट बाहिरिएकी थिईन् । हेजलले सलमानको आग्रहमा बिग बोसमा भाग लिएकी थिईन् ।
त्यही कारण सलमानको कनेक्सन हेजलसँग बढेको बताईन्छ । उसो त सलमानका थुप्रै प्रेमिका थिए । तर अहिले एक्लै रहेका उनी हेजलको मायाजालमा परेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । एजेन्सी
















प्रतिक्रिया