६ कार्तिक २०८३, शुक्रबार

एकाविहानै मोबाइल पसलबाट ११ लाख चोरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mobile

भीमदत्तनगर, ४ असार । आज बिहान कञ्चनपुरको कृष्णपुर गाविसमा रहेको एक मोबाइल पसलमा ११ लाख रुपैयाँ बराबरको चोरी भएको छ ।

कृष्णपुर गाविस–२ बाणी बजारमा रहेको कृष्ण मोबाइल सिटीमा बिहान ३ बजे चोरी भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक वासु अवस्थीले जानकारी दिनुभयो ।

उहाँले ९५ वटा बिक्रीमा राखिएका मोबाइल सेट, रु ४० हजार बराबरको रिचार्ज कार्ड र अन्य मोबाइलसम्बन्धी इलेक्ट्रोनिक सामान गरी ११ लाख रुपैयाँ बराबरको चोरी भएको बताउनुभयो । “मोबाइल पसल फुटाएर मोबाइल सेट राख्ने बट्टाभित्रै आगो लगाएर जलाइएको छ”, प्रहरी नायब निरीक्षक अवस्थीले भन्नुभयो– “घटनाबारे अनुसन्धान भइरहेको छ ।” रासस