१७ कार्तिक २०८३, मंगलबार

मोहन वैद्य पत्नी सुष्मा एसएलसीमा फेल, कलेज पढ्न जाने सपना अधुरै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushma-baidhya

काठमाडौँ, ४ असार । बुढ्यौलीमा एसएलसी दिने सम्भवतः यो बर्ष नेकपा माओवादीका नेता मोहन वैद्यकी पत्नी सुष्मा सबैभन्दा बढी उमेरकी हुन् । तर, उनलाई एसएलसी फापेन । ५८ बर्षको उमेरमा यसबर्ष एलएलसी दिएकी सुष्मा अनुतिर्ण भएकी छिन् ।

सुष्माले नियमिततर्फ एसएलसी दिएकी थिइन् । उनको सिम्बोल नम्बर ०९००२७९ ‘सी’ हो । सुष्माले चेतना महिला विद्यालय, गँगबुको परीक्षार्थीका रुपमा टोखास्थित मनोहर उमावि परीक्षा केन्दमा परीक्षा दिएकी थिइन्।
सुष्मा ५२ वर्षकी हुँदा कक्षा एकमा भर्ना भएकी थिइन्। कक्षा एकमा भर्ना भएर सिकाइलाई निरन्तरता दिएकी सुष्मा एक वर्षमै कक्षा चारमा पुगेकी थिइन । प्रेरणा महिला विद्यालयले विद्यार्थीको सिकाइ स्तर अनुसार एक वर्षमा तीन चार ओटा कक्षामा चढाउने भएकाले उनी विद्यालय भर्ना भएको ६ वर्षमै एसएलसी दिन सक्षम भएकी थिइन ।