
काठमाडौँ, ४ असार । यसबर्षको एसएलसीको सम्पूर्ण नतिजा दैनिक नेपाललाई प्राप्त भएको छ । एसएलसी परीक्षाको नतिजा अनुसार सबैभन्दा बढी सरकारी विद्यालयका विद्यार्थी फेल भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार सरकारी विद्यालयका ३३ दशमलब १८ प्रतिशत विद्यार्थी मात्रै पास भएका छन् । जसमा ६६.८२ प्रतिशत विद्यार्थी फेल भएका छन् । सामुदायिक विद्यालयबाट यस वर्ष तीन लाख २ हजार ३९९ विद्यार्थी परीक्षामा सहभागी थिए । तीमध्ये १ लाख ३ तीन सय ४२ मात्रै पास भएका छन् । यस्तै, संस्थागत विद्यालयबाट करिब ९० प्रतिशत विद्यार्थी पास भएका छन् । संस्थागत विद्यालयबाट यसवर्ष १ लाख २ हजार ९ सय ३९ सहभागी भएकामा भएका ९१ हजार नौ सय २५ जना पास भएका छन् ।
सम्पूर्ण नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्:












प्रतिक्रिया