६ कार्तिक २०८३, शुक्रबार

भूकम्पका कारण काठमाडौंमा थप एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-nepalकाठमाडौं, ३ असार । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण घाइते भएका एक युवकको ज्यान गएको छ ।

विनाशकारी भूकम्पबाट चर्किएको घर भत्काउने क्रममा पाँचौ तलाबाट खसेर घाइते भएका काठमाडौँ महानगरपालिका–६ तिनचुले डेरा गरी बस्ने रामेछाप रस्नालु–१ का २३ बर्षीय भरतबहादुर बस्नेतको उपचारका क्रममा आज मृत्यु भएको हो ।

बस्नेतको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।