६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंमा बियरको वोत्तलले हान्दा एक जनाको टाउको फुट्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

beer-botleकाठमाडौँ, ३ असार । सामान्य विवादमा वियरको वोत्तलले हान्दा काठमाडौंमा एक जनाको टाउको फुटेको छ ।

बियरको बोत्तल प्रहार गरी कुटपिट गर्ने काठमाडौँ महानगरपालिका–३५ तिनकुने बस्ने दोलखा घर भएका २५ बर्षीय विक्रम सुवेदी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३५ तिनकुने स्थित कान्तिपुर दोहरी साँझमा उनीहरुले बुधबार राति भक्तपुर बस्ने नुवाकोट बिदुर घर भएका २५ बर्षीय राज कुमार श्रेष्ठलाई बियरको बोत्तलले प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज सिनामंगल लगिएको छ ।

उनको टाउको गम्भीर चोट लागेको चिकित्सकहरुले बताएका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।