१७ कार्तिक २०८३, मंगलबार

नेपाल प्रहरीका पाँच एसएसपीको सरुवा, को कहाँ पुगे ? (हेर्नुस तालिका)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sarbendra-khanal-foto

काठमाडौं, ३ असार । नेपाल प्रहरीले आफ्ना पाँच जना एसएसपीलाई सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले बुधबार पाँच एसएसपीको सरुवा गर्दै महानगरीय प्रहरी अपराध महाशाखा हनुमान ढोकाको जिम्मेवारी सर्वेन्द्र खनाललाई दिएको छ ।

महाशाखा प्रमुख पुष्कर कार्की युएन मिसनमा जाने तयारीमा लागेपछि एसएसपी खनाललाई महाशाखामा नियमित सरुवा कार्यक्रम अन्तर्गत सरुवा गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी कमलसिंह बमले जानकारी दिनुभयो ।

१) सर्वेन्द्र खनाल/महानगरीय प्रहरी अपराध महाशाखा हनुमान ढोका ।
२) पिताम्बर अधिकारी/महानगरीय प्रहरी परिसर ललितपुर ।
३) धिरु बस्नेत/अञ्चल प्रहरी कार्यालय भेरी ।
४) राजेन्द्र श्रेष्ठ/प्रहरी प्रधान कार्यालयको अन्वेशण शाखा ।
५) पुष्पचन्द्र रञ्जित/अपराध अनुसन्धान विभाग ।

यसअघि खनाल प्रधान कार्यालयमा सह–प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए । यसैगरी प्रहरी प्रधान कार्यालयले एसएसपी पिताम्बर अधिकारी महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखमा सरुवा गरेको छ ।

अञ्चल प्रहरी कार्यालय भेरीमा एसएसपी धिरु बस्नेतलाई पठाइएको छ । भेरीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका एसएसपी राजेन्द्र श्रेष्ठ प्रधान कार्यालयको अन्वेशण शाखामा सरुवा भएका छन् ।

यस्तै, ललितपुरका एसएसपी पुष्पचन्द्र रञ्जितलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।