इलाम, ३ असार । अवैध तरिकाले लुकाइछिपाई भारत निकासी गर्न लागिएको एक गाडी काठसहित गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको गस्ती टोलीले गोर्खे–९ मानेभञ्ज्याङ काजीटारबाट भारत लैजान लागिएको धुपीसल्ला, सल्लालगायत बहुमूल्य प्रजातिका तयारी काठ गएराति नियन्त्रणमा लिएको हो ।
नेपालबाट भारत लैजान लागिएको ३१ क्युविक फिट काठसहित प्रहरीले डब्लुबी ७३ सी ८८९७ नंको भारतीय बोलेरो गाडीसहित काठ नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिनुभयो ।
चालक र गाडीमा भएका अन्य व्यक्ति भने फरार भएका छन् । प्रहरीले उनीहरूको समेत खोजी गरिरहेको जनाएको छ । बरामद गरिएको काठसहित गाडी जिल्ला वन कार्यालयमा बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो । रासस















प्रतिक्रिया