बनियानी (झापा), ३ असार । झापाको पृथ्वीनगरमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा पृथ्वीनगर–१ बस्ने ६३ वर्षीय जयप्रसाद गौतम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घर छेउ आफ्नै खेतमा काम गरिरहेको अवस्थामा गौतमलाई चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जानकारी प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले दिनुभयो । रासस















प्रतिक्रिया