६ कार्तिक २०८३, शुक्रबार

जेठी श्रीमतीले दिन सकिनन्, श्रीमानले आफ्नो इच्छा पूरा गर्न कान्छी ल्याउँदा…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sexगौशाला, ३ असार । छोरा नजन्माएको भन्दै एउटा पत्नी हुँदाहुँदै अर्को विवाह गरेको एक युवकलाई प्रहरीले नयाँ ससुरालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–९ बस्ने ३० वर्षीय मुकेश महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जेठ ३२ गते राति महोत्तरीको गौशाला–४ बस्ने वीरेन्द्र महतोकी छोरी १८ वर्षीया सीमासँग बहुविवाह गरी उनकै घरमा बसिरहेको मुकेश र सीमालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

विसं २०६९ मा विवाह बन्धनमा बाँधिएकी मुकेशकी जेठी पत्नी सञ्जु देवीले बुधबार पति मुकेशविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बहुविवाह मुद्दा दायर गरेपछि जिप्रकाबाट खटिगएको टोलीले मुकेश र सीमालाई नयाँ ससुराली घरबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

उनीहरुमाथि बहुविवाह मुद्दा चलाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस