गौशाला, ३ असार । प्रहरीले दिनदहाडै लाखौँको लुटपाट मचाएका चार डाँकालाई गएराति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१४ बस्ने विन्दाकिशोर महतो, वृजलाल मण्डल, रामसकल महतो र रामचन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।
पक्राउ परेका डाँकाले जलेश्वर–१६ बस्ने देवेन्द्र सिंहको घरमा मङ्गलबार दिनदहाडै रु तीन लाख नगद, १२ तोला सुन र २० तोला चाँदीका गरगहना, एकथान साइकल र एउटा खसी लुटेर लगेको थियो ।
दिनदहाडै लाखौँको लुटपाट गरी फरार रहेका चारै जनालाई गएराति जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले उनीहरुको घरैबाट पक्राउ गर्न सफल भएको प्रनाउ श्रेष्ठले बताउनुभयो । रासस















प्रतिक्रिया