६ कार्तिक २०८३, शुक्रबार

युवतीलाई मनपराएर ‘आई लभ यू’ भन्दा नमानेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gang rapeगौशाला, ३ असार । महोत्तरीको सम्सी गाविसका वासिम शेषले एक किशोरीलाई विवाहको झुठो आश्वासन दिएर पटक पटक यौन शोषण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

सम्सी–२ बस्ने २१ वर्षीय वासिमले जेठ १८ गते १३ वर्षीया किशोरीलाई विवाह गर्ने झुठो आश्वासन दिएर ललाइफकाइ भगाएर ११ दिनसम्म पटकपटक यौनशोषण गरेको र जेठ २८ गते घरमा ल्याएर छोडिदिएपछि किशोरीको विचल्ली भएको छ ।

ती किशोरीले असार २ गते आफ्ना अभिभावकको साथमा आएर वासिमविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयबाट तत्काल खटी गएका प्रहरी टोलीले वासिमलाई पक्राउ गरेको हो ।

वासिममाथि प्रहरीले बुधबार साँझ नै जबर्जस्ती करणी मुद्दा दायर गरेको जनाएको छ । वासिमले प्रहरीलाई प्रेम प्रस्ताव अस्वीरका गरेकाले आर्थिक प्रलोभनमा फसाएर बदला लिन विवाहको नाटक गरेको बताएका छन् ।