६ कार्तिक २०८३, शुक्रबार

पेस्तोलसहित तराईबाट महिला पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-attack

गोलबजार (सिरहा), ३ असार । प्रहरीले गएराति सिरहा नगरपालिकाबाट नलकटुवा पेस्तोलसहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा हनुमाननगर प्रध घर भई हाल सिरहा नगरपालिका–२ स्थित भोलाप्रसाद यादवको घरमा डेरा गरी बस्दै आएकी अन्दाजी २५ वर्षीया आशादेवी मण्डल रहेकी छन् ।

विशेष सुराकीको आधारमा घरमा छापा मार्दा नलकटुवा पेस्तोल फेला परेपछि आशादेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो ।

उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस