३० आश्विन २०८३, शुक्रबार

महिलालाई खानेकुरा र केही पैसा दिएर सेनाले सेक्स गर्दै आएको खुलासा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

un_peacekeepers

काठमाडौं, ३ असार । शान्ति मिसनमा खटिएका सेनाले गरिब महिलालाई पैसा र खाद्यान्न सामग्री दिएर शारीरिक सम्पर्क राख्दै खाएको खुलासा भएको छ ।

संयुक्त राष्ट्रसंघले लामो समयसम्म अध्ययनपछि निकालिएको रिपोर्ट मस्यौदामा हइटी र लाइबेरियामा खटिएका शान्ति सैनिकहरुले नियमित सामान र पैँसा दिएर सेक्स गर्ने गरेको खुलासा भएको हो ।

रिपोर्टमा भनिएको छ– उनीहरुले जसको मद्दतका लागि पठाइएको हो ती नागरिकसंगै सेक्स गर्ने गरेको बताइएको छ । सेक्स गरेको सट्टा उनीहरुले सानो तिनो सामान र पैँसा दिने गरेको खुलेको छ ।

यस्तो प्रकारको कृयाकलाप हइटी र लाइबेरियामा बढी हुने गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । त्यँहा भोका र नाङ्गाहरुको सख्या बढी छ । जसको सहयोगार्थ शान्ति सेना खटिने गर्दछन् । तर, तीनै शान्ति सेनाले निम्न वर्गका महिलासंग शाररिक सम्बन्ध राख्दछन् । त्यहाँका महिलाले सामान लिएकै कारण सम्बन्ध राख्नु पर्ने बाध्यता छ ।

मस्यौदामा भनिएको छ– महिलालाई नगद, कपडा, मोबाइल जस्ता सामग्री दिएर शान्ति सेनाले शारकि सम्बन्ध राख्ने गरेका छन् ।

सन् २००८ देखि २०१३ को बिचमा ४ सय ८० यस्ता घटना भएको जिकिर मस्यौदाले गरेको छ । जसमा एक तिहाई संख्यामा बच्चाको शाररिक शोषण भएको छ । एजेन्सी