६ कार्तिक २०८३, शुक्रबार

पति र ससुराले बलात्कार गरेपछि सासु र नन्दले पूजा देवीलाई तड्पाई तड्पाई मारे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapकाठमाडौं, २ असार । एक महिलालाई उनकै सासु र नन्दले तड्पाएर हत्या गरेका छन् ।

पर्सा जिल्लाको बीरगञ्ज उपमहानगरपालिका–२८ परवानीपुर २० वर्षीया पुजा देबीको सासु र नन्द मिलेर हत्या गरिदिएको प्रहरीले जनाएको छ ।

सुरुमा निर्ममपूर्वक ससुरा र पतिबाट कडा यातना पाएकी पूजादेबीलाई मंगलबार राति सासु र नन्दले मिलेर उनकै सलको पासो लगाएर झुण्ड्याएको प्रहरीले जनाएको छ ।

पूजादेबीको हत्यापछि पति दिपेन्द्र साह कानु र ससुरा फरार रहेका छन् । मृतककी सासु र नन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार पति र ससुराको प्रहरीले खोजी गरिरहेको छ ।

प्रारम्भिक अनुसन्धानमा पति र ससुराले पूजादेबीलाई दिनदिनै बलात्कार गर्दै आएको समेत खुलासा भएको छ । यद्यपी हत्याको कारण खुल्न सकेको छैन् ।