६ कार्तिक २०८३, शुक्रबार

यसरी वित्छ एमाले उप-महासचिव पौडेलको विहानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml (1)

ललितपुर, २ असार । राजनीतिक दलका नेताहरुको विहानको कार्यतालिका पछिल्लो सयम परिवर्तन भएको छ ।

पत्रपत्रिका पढ्ने, मर्निङवाक जाने र शारीरिक व्यायम अनि भेटघाटमा विहान विताउने नेताहरु दिनभरदेखी साँझ सम्म राजनीतिक भेटघाटमा व्यस्त हुने गर्दछन् । विपदका समयमा जनतालाई साथ दिनुपर्छ यो कुनै असमान्य कार्य होईन । तर तत्परता, सक्रियता, निरन्तरता र अरुलाई पनि उर्जा थप्ने कार्यमा भने कमै नेताहरुको मात्रै सक्रियता रहेको छ ।

यस्तै अरु नेताको जस्तै नेकपा एमालेका उप महासचिव विष्णु पौडेलको विहानको कार्य तालिका पनि फेरियो र अझै पनि उस्तै छ । बुधवार विहान ७ बजे भैसिपाटिमा पुग्दा पौडेल पँहेलो हेलमेट, रातो स्वंयसेवक ज्याकेट, सेतो टि–सर्ट कालो हाप पाईन्टमा घरमाथी उभिएर स्वंयमसेवकसंगै काममा व्यस्त हुनुहुन्थ्यो ।

uml (2)

ललितपुरका विभिन्न गाउँमा एमालेका नेताहरु दैनिक विहानै जम्मा हुन्छन् र ९ बजे पछि फेरी पार्टी काममा फर्कीन्छन् ।

घरको छानोमा व्यस्त पौडेल ९ बजे मात्रै भूईमा झर्नुभयो । त्यस पछि राजनीतिक कामसंगै संरचना व्यवस्थापन र पूर्ननिमार्ण कसरी अगाडी बढ्दै छ भन्ने हाम्रो प्रश्नमा पौडेलको उत्तर यस्तो थियो : सधै राजनीतिक कुरा गरेर पनि न हुँदो रहेछ, राजनीति पनि जनताका लागि हो भने संरचना व्यवस्थापन र पुनर्निर्माण पनि जनताकै लागि ।

हेर्नुस राजनीति वौद्धिक रुपमा गरिन्छ भने संरचना व्यवस्थापन र पुनर्निर्माण शारीरिक काम हो तर दुवै एउटै उद्देश्यका लागि गर्छु जसले जनतालाई सहजता प्रदान गरोस । यसो भन्दा पौडेलको मुहारमा खुसीको प्रवाह भईसकेको थियो भने नजिकै रहेका स्थानियको मुहारमा पनि उत्साह देखिन्थ्यो । सधै मञ्चमा भाषण गर्ने नेता आफ्नो घरको छानोमा चढेर टायल निकाल्ने कार्यमा खट्दा स्थानियलाई राजनीतिक दल र नेता प्रति कहिलेकाँही गलत सोचेको भान हुन्छ रे ।

uml (3)

भैसेपाटीको संरचना व्यवस्थापन पछि उँहाको घरसम्म करिव ३ किलोमिटरको वाटो पछि भेट्न पुग्यौ, संगै काममा लाग्नुभएका पौडेल मैले फोटो व्यवस्थापन गर्दा गर्दै घरमा गएर पहिलेकै विष्णु भैसक्नु भएछ । उप महासचिव पौडेलले खाना खाने आग्रह गरेपछि खान खान हामी पनि सहमत भयौ ।

खानामा दाल, भात, तरकारी र अचार । कुराकानीका क्रममा केही राजनीतिक गफगाफ पनि भए तर उहाँले यो समयमा धेरै राजनीति कुरा नगारौ अरु कुनै दिन गरौला राजनीति पनि पुनर्निर्माणकै क्रममा छ सबैतिर राम्रो बनोस अनि गफगाफ गरौला अहिले चाहि सकेसम्म पुनर्निर्माण र कामका कुरामात्रै गरौ यो समय उत्पादनका लागि वाली लगाउने समय पनि छ वरु सबैलाई सामान्यतर्फ फर्काउन सवै लागौ भन्दै अरु भेटघाटमा लाग्नुभयो ।