६ कार्तिक २०८३, शुक्रबार

भूकम्पपीडित १५ सय बालबालिकालाई पोषणयुक्त लिटो वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lito-rahatकाठमाडौं, २ असार । काठमाडौं, सिन्धुपाल्चोक लगायतका भूकम्प पीडित १५ सय बालबालिकालाई पोषणयुक्त आहार लिटो वितरण गरिएको छ ।

युथ जर्नलिस्ट अफ फोरमको संयोजनमा मंगलबार काठमाडौंको वडा नं. ७, साँखु, बालाजु, चाबहिल, बाल भविष्य केन्द्र सिफल लगायतका ठाउँका ५ सय बालबालिकाहरुलाई र सिन्धुपाल्चोकका १ हजार बालबालिकाहरु लागि गरी जम्मा १५ सय पाकेट लिटो वितरण गरिएको हो ।

फोरमकी संयोजक तथा नेपाल टेलिभिजनकी बरिष्ठ सम्पादक शोभा श्रेष्ठका अनुसार विपन्न समुदायका भूकम्प पीडित बालबालिकाहरुलाई कुपोषण हुनबाट जोगाउन नेपालका बालबालिकाहरुका लागि पोषण कार्यक्रम (एनसीपिएन) विश्व स्वयंसेवी विश्वसंगठनको सहयोगमा सो लिटो वितरण गरिएको हो ।

त्यसैगरी सोही दिन सिन्धुपाल्चोकका लागि १ हजार पाकेट लिटो लक्ष्मी प्रतिष्ठानका प्रतिनिधि विष्णु गौतमलाई विश्व संगठनका नेपाल ईन्चार्ज कविन श्रेष्ठले हस्तान्तरण गरेका थिए ।

भूकम्प पीडित बालबालिकाहरुलाई कुपोषण हुनबाट जोगाउन सकृय रहेको सो विश्व संगठनले युकेमा रहेका नेपालीहरुको सामाजिक संगठन लक्ष्मी प्रतिष्ठानबाट एक लाख, वर्ल्ड नेवा अर्गनाईजेशनबाट एक लाख, नेपाल साउदी हेल्पिंग हैण्डसबाट २५ हजार र साउदी अरबकै लुम्बिनी प्रवास सम्पर्क मन्चबाट २५ हजार रुपैयाँ सहयोग प्राप्त गरेर पोषणयुक्त लिटो उपलब्ध गराएको हो ।

नेपालका बालबालिकाहरुलाई कुपोषण हुनबाट जोगाउने विश्वसंगठनको अभियानमा पोषणयुक्त लिटो तयार गर्न केन्द्रीय प्रविधि क्याम्पस धरानका पोषण विज्ञान संकायका प्रथम समूहका विद्यार्थीहरुको संगठन भूकम्प पीडित बालबालिकाहरुका लागि राहत कार्यक्रमले सघाउदै आएको छ ।

मंगलबारको लिटो वितरण कार्यक्रममा सो विद्यार्थी संगठनकी अध्यक्ष तथा नेपालका लागि विश्वसंगठनकी सहजकर्ता सुप्रभा श्रेष्ठले लिटो बनाउने र खुवाने तरिका सिकाएकी थिईन । कार्यक्रममा पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलका प्रधानाध्यापक विष्णु अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यसै बीच विश्वसंगठनका संरक्षक तथा प्रमुख सल्लाहकार डा। कविताराम श्रेष्ठका अनुसार अमेरीकाबाट २ लाख २० हजार रुपैयाँ पठाउने तयारी भइरहेको र अन्य राष्ट्रबाट पनि सहयोग आउने क्रम जारी रहेको जानकारी प्राप्त भएको छ ।