भैरहवा, २ असार । बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत पर्ने सिद्धबाबामा बुधवार दिउँसो गुडिरहेको कार सुख्खा पहिरोमा पुरिँदा दुई जना चिकित्सकको ज्यान गएको छ ।
सुख्खा पहिरो खस्दा पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ च २७० नम्बरको कार पुरिएको थियो । कारमा सवार चिकित्सकहरु प्रा.डा. तरुण दिपसिंह र प्रा.डा. यशोदा कोचरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अञ्चल प्रहरी कार्यलय लुम्बिनीका प्रमुख एसएसपी गणेश केसीका अनुसार कारमा सवार चिकित्सक दम्पत्ति लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा कार्यरत थिए ।
प्रा.डा. कोचर प्रसुतिरोग विशषज्ञ हुन् भने प्रा.डा. सिंह नेत्ररोग विशषज्ञ हुन् । कारमा सवार अन्य २ जना चिकित्सकहरु डा. मिकरानी र डा. प्रतिक घाइते भएको हुँदा बुटवलमा उपचार भइरहेको एसएसपी केसीले जनाए ।
सो सडक खण्डमा सुख्खा पहिरोसँगै ढुंगाहरु पनि खस्ने हुँदा हरेक वर्ष मानिसहरुको ज्यान जाने गरेको छ । भूकम्पका कारण सिद्धबाबाको ढुंगे भीर र सडक क्षति पुगेको थियो ।













प्रतिक्रिया