६ कार्तिक २०८३, शुक्रबार

नेकपा एमालेका नेता गुरुङको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karna-bahadur-gurung

– प्रकाशचन्द्र भट्टराई 

तनहुँ, २ असार । नेकपा एमाले तनहुँ जिल्ला कमिटि सचिवालय सदस्य एवं पूर्व जिविस सदस्य कर्णबहादुर गुरुङ्गको निधन भएको छ ।

गत जेष्ठ २८ गते हृदयघात भई चितवन मेडिकल कलेजमा उपचाररत ५५ बर्षीय गुरुङ्गको असार १ गते राति १० बजेर १५ मिनेटमा दुःखद निधन भएको हो । गरिब परिवारमा जन्मेर पनि सामाजिक जीवनमा प्रेरित भई जनताको सेवामा समर्पित गुरुङ्ग नेकपा एमालेको तर्फबाट २०५४ सालमा निर्वाचित जिविसको सदस्य समेत भई विकास निर्माण र जनताको निश्वार्थ सेवामा सक्रिय हनुहुन्थ्यो ।

उपचारको क्रममा चितवन मेडिकल कलेजमा रहेका बेला नेकपा एमाले का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समेत अस्पतालमै पुगेर पछिल्ला स्वास्थ्य अवस्थाको बारेमा डाक्टरसँग परामर्श गरि उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको भने सो उपचारको नेकपा एमालेका नेता कृष्णकुमार श्रेष्ठ किसानले उपचारको लागि आर्थिक सहयोग समेत गर्नुभएको थियो ।

Karna-bahadur-gurung1

तनहुँको कोटा गाविसमा २०१७ साल जन्मनुभएका गुरुङ्गको पार्थिव शरीरमा नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टीको झण्डा ओढाई सम्मान साथ श्रद्धाञ्जली व्यक्त गर्नुभयो । सो श्रद्धाञ्जली सभामा नेकपा एमाले चितवन अध्यक्ष जिएन थपलिया, तनहुँ जिल्लाको तर्फबाट उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, पूर्व केन्द्रिय सदस्य एक बहादुर राना, सचिव भगवती न्यौपाने, उपसचिव विष्णुभक्त सिग्देल, कार्यालय सचिव राजेश्वर ढकाल, क्षेत्रीय संयोजक रामचन्द्र उपाध्याय, हरिराज कँणेल, जिल्ला कमिटी सचिवालय सदस्यहरु श्रीराम कार्की, प्रेम राना, प्रदीप अधिकारी, जिल्ला सदस्यहरु रामलीला सुवर्णकार, बाबुराम अधिकारी मिना अधिकारी, कोटा गाँउ कमिटी अध्यक्ष भीम गुरुङ्ग लगायतका नेता तथा कार्यकर्ता, आफन्तजनहरुले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

यसैबीच गुरुङ्गको निधन प्रति नेकपा एमालेका केन्द्रिय सदस्य एवं तनहुँ इन्चार्ज प्रतापलाल श्रेष्ठले टेलिफोन मार्फत गहिरो दुःख व्यक्त गर्दै समबेदना व्यक्त गर्नुभएको छ । आफ्नो स्वास्थ्य अवस्था प्रतिकुल भई पोखरामा उपचाररत श्रेष्ठले दिवंगत गुरुङ्गको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनमा समबेदना प्रकट गर्नुभएको नेकपा एमाले सचिवालय सदस्य श्रीराम कार्कीले जानकारी दिनुभयो ।