१७ कार्तिक २०८३, मंगलबार

‘पुनर्स्थापनाका लागि प्राधिकरण आवश्यक’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishwor-pokharelबनेपा, २ असार । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भूकम्पबाट भत्किएका संरचनाहरुको पुनःस्थापनाका लागि अधिकार सम्पन्न प्राधिकरण आवश्यक भएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको नासिकास्थान गाविस–९ मा निर्माण भएका अस्थायी संरचना हस्तान्तरण कार्यक्रममा उहाँले अहिलेको प्रशासनिक ढाँचाबाट प्रभावकारी काम हुन सक्दैन भन्नुभयो ।

महासचिव पोखरेलले जमिनको उपयोग कसरी गर्ने भन्ने विषयमा राष्ट्रिय बहस चलाउनुपर्नेमा जोड दिँदै जथाभावी घर बनाउने प्रचलनको अन्त्य हुनुपर्ने बताउनुभयो ।

भूकम्पपीडितका लागि नेकपा (एमाले) ले सञ्चालन गरेको स्वयम्सेवी अभियानबाट सद्भावको लहर आएको जिकीर गर्दै मधेसी समुदाय पहाडी क्षेत्रमा गएर अस्थायी संरचना बनाउने काममा लागेको यो अद्धितीय दृष्टान्त हो भन्नुभयो ।
भूकम्पबाट प्रभावित जिल्लाको एक हजार ४०० ठाउँमा झन्डै २७ हजार कार्यकर्ता परिचालन भएको जानकारी दिँदै महासचिव पोखरेलले काभ्रेपलाञ्चोकको नासिकास्थान–९ स्थित चतुरेमा ३७ अस्थायी घर भूकम्पपीडितलाई हस्तान्तरण गर्नुभयो ।

त्यसमा तीनवटा खानेपानी ट्याङ्की, बस्ती बस्तीमा एक÷एक शौचालय समेत निर्माण गरिएको छ । जस्ता र रडको प्रयोग गरेर नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र प्रगतिशील तथा इन्जिनियर्स एसोसियसनले झन्डै रु आठ लाखको लागतमा दुई दिनको अवधिमा सो संरचना बनाएको हो । एमालेले जिल्लामा करिब १००० अस्थायी संरचना बनाएको छ ।