काठमाडौं, २ असार । विशेष कार्यक्रमको उद्घाटनका लागि पुगेका नेपाल सरकारका एक मन्त्रीको कार्यक्रममा २६ जना स्थानीय घाइते भएका छन् ।
कञ्चनपुरको दक्षिणी क्षेत्रको रैकवार विचवा गाविसलाई खुला दिसा मुक्त घोषणा गर्न प्रमुख अतिथिका रुपमा उपस्थित भएका नेपाल सरकारका सिँचाई मन्त्री एनपी साउदको कार्यक्रममा मंगलबार २६ जना सर्वसाधारण घाइते भएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।
रैकवार विचवा–६ स्थित बिणा उच्च माध्यामिक बिद्यालयको प्रांगणमा मंगलबार रकैवार बिचवा गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रममा अचानक आएको हावाहुरीले कार्यक्रम स्थलको टेन्ट ढल्दा २६ जना सर्वसाधारण घाइते भएका हुन् ।
घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकी लगिएकोमा ९ जना उपचार पश्चात फिर्ता भएका छन् । टाउकोमा चोट लागेका १७ जनालाई सेती अंचल अस्पताल धनगढी लगिएको छ । घाइते मध्ये ७ जनाको अवस्था मध्यम र १० जनाको सामान्य रहेको छ ।















प्रतिक्रिया