काठमाडौं, २ असार । अहिले एउटा कुरा नेपाली समाजमा चर्चामा छ । त्यो हो, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहाल र नेपालकी नम्बर वान हिरोइन रेखा थापाबीचको सम्बन्ध ।
उनीहरु दुबै नजिकिएको खबर अहिले जताततै सुनिन थालेको छ । वर्ष दिन पहिले पनि यसैगरी प्रकाश र माओवादी नेतृ विना मगरबीचको सम्बन्ध फैलिएको थियो, त्यसैगरी रेखा र प्रकाशको सम्बन्धको हल्ला फैलिएको हो ।
केही समाचार अनलाईनहरुमा रेखा थापासँग प्रकाश सल्किएको भनेर समाचारै समेत प्रकाशित भएको थियो । यसबारेमा प्रकाशलाई के तपाई र रेखासँग सल्किनु भएको हो त ? भन्ने प्रश्नमा उनले ठाडै अस्वीकार गरेका छन् ।
केही अनलाइन मिडियाले आफू र नायिका रेखा थापाको सम्बन्धको बारेमा गलत प्रचारबाजी गरेको भन्दै उनले उल्टै आपत्ति जनाए ।
रेखा थापा दाहाल परिवारको छोरी भएको बताउँदै उनले भने-‘रेखा मेरी बहिनी हुन् । हाम्रो सम्बन्ध दाजु बहिनी जस्तो हो । हाम्रो पवित्र नातालाई गलत तरिकाले प्रचारबाजी गर्ने काम भएको छ, त्यो आपत्तिजनक छ ।’
सामाजिक सञ्जाल फेसबुकमा समेत रेखासँगको सम्बन्धको गलत प्रचार बारे प्रकाश आपत्ति प्रकट गरेका छन् । उनले रेखासँग आफ्नो अनैतिक सम्बन्धको प्रमाण देखाउन चुनौती समेत दिएका छन् ।













प्रतिक्रिया