१७ कार्तिक २०८३, मंगलबार

एमाओवादीले एजेण्डा छाडेको छैन : प्रचण्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda

काठमाडौँ, २ असार । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचानसहितको सङ्घीयताका लागि आफ्नो पार्टी प्रतिबद्ध भए पनि सहमति जुटाउँदा केही विषयमा लेनदेन भएको बताउनुभएको छ ।

आदिवासी जनजाति महासङ्घले आज उहाँको निवास लाजिम्पाटमा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले प्रमुख राजनीतिक दलबीचमा सहमति जुटाउन केही विषयमा लचकता अपनाउनुपरेको भए पनि पार्टीले विगतदेखि उठाउँदै आएको विषयबाट पछाडि हटेको भन्ने नठान्न आग्रह गर्नुभएको हो ।

अध्यक्ष दाहालले सहमति जुटाउँदा केही विषय छाड्नुपरे पनि मूलभूत एजेन्डाबाट पछाडि नहटेको तथा सीमाङ्कन र नामाङ्कन गर्दा हाल छुटेको विषय सम्बोधन गर्न सकिने बताउनुभएको थियो ।

पहिचानसहितको सङ्घीयता र दश प्रदेशको अडान कायम राखिरहँदा संविधान नबन्ने खतरा बढेको र मुलुक सधैँ यथास्थितिमा रहने भएकाले केही जोखिम उठाइएको उहाँको भनाइ थियो ।

सधैँ संविधान भन्दाभन्दै आर्थिक तथा सामाजिक विषय पछाडि परेको र प्राप्त भएका उपलब्धिसमेत गुम्ने अवस्थामा पुगेकाले अधिकतम् सहमति जुटाइएको अध्यक्ष दाहालको कथन थियो ।