पाल्पा, २ असार । खोलामा सडेगलेको अवस्थामा पाल्पामा एक जनाको लास भेटिएको छ ।
माछा मार्न भनेर गई सम्पर्क विहिन भएका बौघागुम्बा-१ बस्ने ३१ बर्षीय भिमबहादुर माझीको शव सडीगली सकेको अवस्थामा फेला परेको छ । उनको शव मंगलबार साँझ कालीगण्डकी नदीमा बगीरहेको अवस्थामा फेला पारेको थियो ।
जेठ २४ गते साथीहरुसंग माछा मार्न भनी खानीगाउँ-३ कालीगण्डकी नदीमा गएकोमा जेठ २८ गते ३ जना साथीहरु घरमा फर्की आएको र माझी सम्पर्कमा नभएको भनी आफन्तहरुले जेठ २९ गते प्रहरी चौकी अर्गलीमा जानकारी गराए पश्चात प्रहरीले उनीसंगै गएका २ जना साथीसंग बुझ्दा नदेखेको भनी बताएका थिए ।
संगै गएका अर्का बौघागुम्बा–२ बस्ने ५० बर्षीय खुम बहादुर रानाले जेठ २४ गते माझी नदीमा डुबेको भनी बताएकोले प्रहरीले तीनैजनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ















प्रतिक्रिया