काठमाडौँ, २ असार । काठमाडौँ महानगरपालिका–१३ ताहाचल स्थित वैदेशिक रोजगार श्रम बिभाग कार्यालयमा तोडफोड गर्ने २ महिला र १४ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
श्रम बिभाग कार्यालयका प्रमुख विश्व प्रकाश सुवेदी, श्रम प्रतिनिधि लक्ष्मी बस्नेत र राजेन्द्र बस्नेत बीच मंगलबार विवाद हुँदा श्रम प्रतिनिधिहरु अंदाजी २५० जनाको समूहले हुल हुज्जत गरी कार्यालयको ८ वटा झ्यालको सिसा तोडफोड गरेका थिए ।
प्रहरीले उक्त बेला सामान्य लाठी चार्ज गरी स्थितीलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका मध्ये १ जना सेवाग्राहीलाई बेलुका छाडिएको छ ।















प्रतिक्रिया