६ कार्तिक २०८३, शुक्रबार

आफैले बनाएको बम पड्किएर टाउको छेड्दा पृतमले ऐया पनि भन्न पाएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चरीकोट, २ असार । दोलखाको जुगु गाविस–३ का एक बालकको आफैँले बनाएको खेलाँैना बन्दुक (हतियार) पड्काउँदा मृत्यु भएको छ ।

ती बालक हु्न्, १२ वर्षीय पृतम जिरेल । पृतम कक्षा ८ मा पढ्थे । उनको परिवारको भनाई अनुसार उनी सानैदेखि बन्दुकका विषयमा चासो गरिरहन्थे । सेना, प्रहरी र द्वन्द्वकालमा (माओवादी) ले समेत बन्दुक बोकेको देखेका पृतमले भरुवा बन्दुकको आकार तयार गरेछन् ।

बन्दुकको आकार तयार भएसँगै बन्दुकको नालको रुपमा प्रयोग गरिएको ‘डिसहोम’को फलामको पाइपमा सलाइको बारुद भरेर नालभित्र हालेर पड्काउँदा उनको ज्यान गएको हो ।

उनको मृत्यु नै उनले प्रयोग गरेको डिसहोमको पाइप भरेको सलाईको बारुद र फलाम बन्यो । बारुद रहेको फलामको पाइपमा सलाई कोरेर बाल्दा पाइप टाउकोतिर पड्कँदा पृतमले ऐया समेत भन्न पाएनन् ।

उनको टाउको पाइपले छेडेको छ । उनले खेलौना हतियार (बन्दुक) बनाउन काठ, काँटी, डिसहोमको पाइप, सलाइको बारुद प्रयोग गरेको पनि प्रहरीले जनाएको छ । पृतमका बुवा विनोद जिरेल भन्छ्न्, “छोरो हिजोआज विद्यालय राम्रोसँग सञ्चालनमा नआएका कारण साथीभाइसँग खेल्न जान्थ्यो, हामीले खासै चासो गरेनौं, तर आज खेल्न पठाउँदा ज्यान गयो ।”

पृतमको शव आज चरिकोटमा पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । रासस