काठमाडौं, २ असार । काठमाडौंको एक चाउचाउ कारखानामा आगो लागेको छ ।
चन्द्रागिरी नगरपालिका–९ बालागाउँ बस्ने ध्रुव ज्योती श्रेष्ठको घरेलु चाउचाउ कारखानामा ग्याँस चुहिएर मंगलबार आगलागी हुँदा काराखानामा रहेको ग्याँस चुलो र ५ सय कार्टुन कच्चा चाउचाउ जलेर नष्ट भएको करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
यसैगरी पर्बत क्याङ गाविस–७ बस्ने डिमबहादुर पुनको गोठमा खाना पकाउने क्रममा सोमबार आगलागी हुँदा गोठ, २ गोरु र ९ बाख्रा जलेर करीव २ लाख ५० हजार रुपैयाँ बरावरको धनमाल क्षति भएको छ ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया