काठमाडौँ, २ असार । बुधबार एकाबिहानै काठमाडौँमा भूकम्पको कडा धक्का महसुस गरिएको छ ।
बिहान ५ बजेर ५८ मिनेटमा काठमाडौँलाई नै केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौँमै केन्द्रबिन्दु भएका कारण भूकम्पको कडा धक्का महसुस गरिएको थियो ।
काठमाडौँका बासिन्दा घरबाहिर निस्केका छन् ।कम्पनले करिब ३ सेकेन्डसम्म हल्लाएको भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि मंगलबार राति ९ बजेर ५६ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो ।














प्रतिक्रिया