६ कार्तिक २०८३, शुक्रबार

आन्दोलनपछि एभिन्युज टेलिभिजनले तीन दिनभित्र पत्रकारको पूरा तलब दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

atv

काठमाडौँ, १ असार । श्रमजीवी पत्रकारको बक्यौता तलब पाउनुपर्नेलगायत माग राखी नेपाल पत्रकार महासङ्घले धर्ना दिएपछि त्रिपुरेश्वरस्थित ‘एभिन्युज टेलिभिजन’को व्यवस्थापन तीन दिनभित्र बाँकी तलब दिन तयार भएको छ ।

आपसी वार्तापछि व्यवस्थापनले तलव भुक्तानीलगायत पाँचबुँदे सहमति गरेपछि आन्दोलनका कार्यक्रम स्थगन भएका छन् । सो टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार, महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र त्यहाँको प्रतिष्ठान शाखाका अध्यक्ष विष्णुबहादुर बस्नेतबीच सहमति भएको हो ।

महासङ्घका प्रतिष्ठान संयोजक सुरज आचार्यका अनुसार बक्यौता तलब भुक्तानीको चेक आजै बैंकमार्फत पठाइने, आगामी दिनमा नियमित तलब दिइने, श्रमजीवी पत्रकार ऐनबमोजिमका बिमा, स्वास्थ्योपचार जस्ता सुविधा दिइने र आवाज उठाइएका कारण कुनै पत्रकारलाई सेवाबाट अलग नगराइने सहमतिमा हस्ताक्षर भएको हो ।

सहमतिअघि आज महासङ्घका अध्यक्ष डा विष्टसहित पदाधिकारी र विभिन्न प्रतिष्ठानका पत्रकारको सहभागितामा मध्य बानेश्वरस्थित ‘हिमालय टेलिभिजन’ र एभिन्युजका कार्यालयमा दुई घन्टा धर्ना दिइएको थियो । हिमालय टेलिभिजनका अध्यक्ष ललित अग्रवालले पनि चाँडै बक्यौता रकम भुक्तानी गर्ने विश्वास आन्दोलनकर्मीलाई दिनुभएको छ ।