६ कार्तिक २०८३, शुक्रबार

बर्दियाबासीको त्रास-‘साउन लाग्यो अब बाढीबाट जोगिने कसरी ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karnali-river
गत साउनमा बबई नदीमा आएको बाढी ।

 

– सुदीप अधिकारी
बर्दिया, १ असार । बर्खायाम सुरु हुनासाथ बर्दियाबासीलाई एउटै पिरलो हुन्छ, अब बाढीबाट कसरी जोगिने ?

गत साउनमा बबई नदीमा आएको विनाशकारी बाढीले त झनै सबैको सात्तो उडाएको छ । यहाँका बासीन्दा वर्षेनी बबई नदीको उर्लदो भेलको चपेटामा पर्दै आएका छन् । बाढीका कारण यहाँ वर्षेनी हुने डुवान र कटानको समस्या ज्युको त्यू छ । वर्षेनी बबई र कर्णाली नदीमा आउने बाढीले ठूलो नोक्सानी गर्दै आएपनि नदी नियन्त्रणका राज्यले खासै चासो नदिँदा यहाँका जनता निकै चिन्तित छन् ।

कर्णाली नदीका कारण राजापुर क्षेत्र जोखिममा छ । भने, बबई नदीले सदरमुकाम गुलरियालगाएत आधा दर्जन गाविसलाई जोखिममा पारेको छ । कर्णाली नदीको बाढीले सिंगो राजापुर नगरपालिका र त्यस आसपासका क्षेत्रका बासीन्दा वर्षेनी कटान र डुवानको समस्या झल्दै आएका छन् । यता वर्षायाममा बबई नदीले बग्नाहा, नेउलापुर, बनियाभार, पदनाहा, मोहम्दपुर र गुलरिया नगरपालिकालाई आफनो चपेटामा पर्ने गरेको छ । नदी छेउका सयौँ बिघा जमिन कटानमा परेका छन् ।

गत साउनमा बबई नदीमा आएको बाढीले यहाँ ३४ जनाको ज्यान गयो । १३ जना अझै वेपत्ता छन् । १३ हजार घरपरिवार बाढीबाट प्रभावित भए । ३ हजार ६ सय ५० घरपरिवार बाढीबाट विस्थापित भएका छन् । जस मध्ये १ सय ६२ घरपरिवारलाई पुर्नबाँस गर्नु पर्ने छ । उनीहरुको घर, जग्गा जमिनको नामोनिसान छैन । वनियाभार गाविसका ९८, चेपाङ्गमा २१ र रामपुर टापुमा ४३ घर परिवार ९ महिनादेखि अस्थायी शिवीरमै दिन गुजारा गर्दै छन् ।

बर्खा सुरु हुनासाथ यहाँका जनतामा बाढीकै त्रास रहन्छ । झरी लागेको दिन उनीहरु रातभर जाग्राम बस्छन् । ‘ बर्खा झरी लाग्ने बेला भयो । रातभर निन्द्रा लाग्दैन । कसरी ज्यान जोगाउने सुर्ता लाग्छ,’ बर्गदाका जया थापाले चिन्ता सुनाए । गत साउनमा आएको बाढी सदरमुकाममै पसेपछि सदरमुकामबासी पनि निकै त्रसीत भएका छन् ।

कर्णाली नदीको बाढीबाट मुक्त गराउन राजापुरमा यस वर्षदेखि गुरु योजना बनाई नदी नियन्त्रणको काम सुरु गरिएको छ । तर बबई नदीमा भने कुनै योजना नै छैन । गत वर्ष टेण्डर विवादले नदी नियन्त्रणको कुनै काम नै हुन सकेन । हरेक वर्ष नदी नियन्त्रणका लागि बजेट त छुट्याइन्छ । तर, टुक्रे बजेटका कारण नदी नियन्त्रणको काम बालुवामा पानी हाले सरह भएको छ ।

यस वर्ष बबई नदीको ९ स्थानमा तटबन्धन भइरहेको छ । यसका लागि २६ करोड रुपैँया टेण्डर सम्झौता भइ काम सुरु छ । यो बजेट नदी नियन्त्रणका लागि अत्यन्त न्यून हो । कुसुम डाँडा, घोरपिट्टा, गुरुवागाउँ, पण्डितपुर, रामपुर टापु, प्रयागपुर पशुहाट, भैसाही र लटकनियामा गरी करिव ५ किलो मिटर क्षेत्रमा यस वर्ष तटबन्धनको काम भइरहको कार्यालयका इन्जिनियर रामसेवक दासले जानकारी दिए ।

जोखिमा हिसावले यो तटबन्धन कम भएको स्वयम कर्मचारीहरु बताउँछन् । कार्यालयबाट आवश्यक्ता अनुसारको इस्टिमेट पठाएपनि केन्द्रबाट बजेट कम आउनाले नदी नियन्त्रणको काम वर्षेनी अपुरो हुने गरेको इन्जिनियर दासले बताए ।