बेरुत, १ असार । सिरियाको अलेपो सहरमा विद्रोहीले गरेको रकेट आक्रमणमा कम्तीमा ३४ सर्वसाधारणको मृत्यु भएको छ ।
सिरियाको दोस्रो ठूलो सहर अलेपोमा रक्तपातपूर्ण द्वन्द्व जारी रहेको मानवअधिकारवादी समूहले जनाएको छ । सो रकेट आक्रमणमा मारिएकामा १२ बालबालिका रहेका जनाइएको छ ।
सोमबारबाट सुरु भएको सो आक्रमणमा ३०० भन्दा बढी रकेट प्रहार भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।
सिरियाको पूर्वी भाग विद्रोहीको नियन्त्रणमा रहेको छ भने सिरियन राष्ट्रपति बसार अल असाद समर्थकहरूको पश्चिम इलाकामा नियन्त्रण रहेको जनाइएको छ ।
रकेट आक्रमणमा मारिनेहरूको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । यस आक्रमणमा घाइते भएका करिब १९० जना व्यक्तिमध्ये कयौँको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
सो रकेट आक्रमण संयुक्त राष्ट्रसंघका शान्ति दूत स्टाफान डे मिस्टुरा सरकारी अधिकारीहरूसँग सिरियामा चार बर्षयतादेखि जारी द्वन्द्व अन्त्यको विषयमा वार्ता गर्नको लागि दमासकस आई पुग्नुभएको छ ।
सिरिया सन् २०११ को मार्च महिनाबाट सुरु भएको द्वन्द्वको हालसम्म २ लाख ३० हजार व्यक्तिले ज्यान गुमाइसकेका छन् । रासस/एएफपी















प्रतिक्रिया