३० आश्विन २०८३, शुक्रबार

प्रहरीचौकीमा आक्रमण गरी छ प्रहरीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestol

कुन्दुज (अफगानिस्तान), १ असार । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सोमबार रातभरी भएको झडपमा छ प्रहरी र आठ आतङ्ककारी मारिएका प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।

चर्दारा जिल्लाको सराक इ बला क्षेत्रमा अज्ञात सङ्ख्यामा आएका आतङ्ककारी र प्रहरीबीच छ घन्टासम्म चलेको भिडन्तमा छ प्रहरी र आठ तालिवान मारिएका प्रहरी प्रमुख कर्नेल नुरुल्लाहले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

सो झडपको क्रममा दुई प्रहरी र कयौँ आतङ्ककारी घाइते भएका पनि नुरुल्लाहले जानकारी दिएका छन् ।

अफगानिस्तानको राजधानी काबुलदेखि २५० किलोमिटर उत्तरमा रहेको कुन्दुज प्रान्त ताजकिस्तानको सीमाक्षेत्रमा पर्दछ ।

यस क्षेत्रमा यस वर्षको सुरुदेखि भएको भीषण आक्रणमा सुरक्षाबलले प्रतिरोध गर्दै आएका बताइएको छ ।

अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध सैनिक अफगान युद्ध सकिएको घोषणा गरी स्वदेश फर्किएका छन् ।

अफगानिस्तानमा बाँकी रहेका केही नेटो सैनिकले पनि युद्धस्थलमा गएर तालिवानसँग युद्ध नगर्ने तर अफगान सैनिकलाई तालिम दिने तथा अन्य सहयोगका काम गर्ने गरेका छन् । रासस/सिन्ह्वा