३० आश्विन २०८३, शुक्रबार

एयर इण्डियामा तीन सयलाई जागिर, भर्नुहोस् आवेदन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

air-indiaकाठमाडौं, १ असार । भारतकै नम्बर वान विमान कम्पनी एयर इण्डिया एयर ट्रान्सपोर्ट सर्विस लिमिटेडले ३ सय कर्मचारीका लागि आवेदन खुल्ला गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार एजेण्टलाई विभिन्न पदमा नियुक्ति गर्नका लागि एयर इण्डियाले ३ सय पदमा जागिर खोलेको हो । कम्पनीले योग्य व्यक्तिलाई आवेदन भर्न पनि आग्रह गरेको छ ।

३ सय जनालाई सिक्योरिटी एजेन्ट, कस्टमर एजेन्ट, सीनियर कस्टमर एजेन्ट आदि अन्य पदमा जागिर खोलेको हो ।

यी पदहरुमा आवेदन भर्नका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक वा सम्बन्धित क्षेत्रमा निर्धारित अनुभव अनिवार्य लिएको हुनुपर्नेछ । जागिरका लागि आवेदन भर्ने व्यक्तिको उमेर २८ वर्ष हुनुपर्नेछ ।

Air-indiaपिछडिएका आदिवासी जनजाती वर्गलाई विशेष प्राथमिकता दिइनेछ । आवेदकहरुले अनलाइन माध्यमबाट आवेदन फाराम भर्नुपर्नेछ । योग्य र इच्छुक उम्मेदवारले एजेन्ट पदका लागि आवेदन शुल्क ५०० रुपैयाँ डिमाण्ड ड्राफ्ट ‘एअर इंडिया एअर ट्रांसपोर्ट सर्विस लिमिटेड’लाई जम्मा गर्नुपर्नेछ ।

आरक्षणमा परेका वर्गलाई यो आवेदन शुल्क लाग्ने छैन् । पूर्णरूपमा भरिएको आवेदन पत्रमा सबै शैक्षिक तथा अन्य प्रमाणपत्रको फोटोकपी पेस गरी निर्धारित समयभित्र बुझाइ सक्नुपर्नेछ । अफलाइन माध्यमबाट आवेदन बुझाउने म्याद २९ जून र १४ जुलाई, २०१५ मा तोकिएको छ ।

अनलाईन फाराम पनि निश्चित समयभित्र बुझाइसक्नुपर्नेछ । जागिर खान इच्छुक व्यक्तिले फाराम बुझाउने सम्बन्धी थप जानकारीका लागि एयर इण्डियाको वेबसाइट (www.airindia.in) हेर्नुहोला । एजेन्सी